२०८१ श्रावण १२

कुटपिटबाट रुपन्देहीमा एक जनाको हत्या आरोपमा ४ जना पक्राउ
  • लुम्बिनी खोज
  • २०७७ चैत्र ७, शनिबार ०७:४५ गते

बुटवल, ६ चैत्र ।
रुपन्देहीमा लागुऔषध सेवनकर्ताहरुवीच झगडा र कुटपीट हुदा एक जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख प्रहरी उपरिक्षक प्रविण पोखरेलका अनुसार लागुऔषध सेवन गर्ने क्रममा भएको झगडा कुटपिटमा परिणत हुदा सिद्धार्थनगरपालिका ९ का घनश्याम कोइरीको ज्यान गएको प्रारम्भिक अनुसन्धानमा खुलेको बताए ।

कुटपीटमा संलग्न रहेको आरोपमा ४ जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान तथा कारवाही प्रक्रिया अगाडी बढाएको छ । पक्राउ परेका ४ चारै जनाले घट्नामा संलग्न रहेको स्वीकार गरेको प्रहरीको भनाइ छ ।
यस्तो छ घट्ना विवरण
बिहिवार दिउसो साढे ५ बजे रुपन्देहीको ओमसतिया गाउपालिका वडा नं.४ पर्सौनी स्थित परासी भैरहवा सडक देखी उत्तर तर्फ शिव्वन यादवको गहुँ खेतमा वेवारीसे अवस्थामा पुरुष व्यक्तिको लास रहेको छ भन्ने सुचना जिल्ला प्रहरी कार्यालयमा रूपन्देहीमा प्राप्त भएको थियो । प्रहरीमा सो जानकारी प्राप्त हुनासाथ उक्त स्थानमा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रविण पोखरेलसमेतको प्रहरी टोलि खटिएको थियो । प्रहरीले नामथर वतन नखुलेको शवको सम्पुर्ण भागको वाहिरी छाला गली फोका उठी दुर्गन्धित अवस्थामा रहेको देखिएको जनाएको छ ।
उक्त घटनाको प्रारम्भिक अनुसन्धान पश्वात हुलिया परीपत्र खोज तलास गर्ने क्रममा निजको घर तथा आफन्तहरु आज शुक्रवार प्रहरीको सम्पर्कमा आएका थिए । उनकी श्रीमति ३६ वर्षकी शिला कोईरीले शव आफ्ना श्रीमानको हो भनी सनाखत गरेको प्रहरीको भनाइ छ ।
शिला कोईरी प्रहरीलाई दिएको विवरण अनुसार यही चैत २ गते आफ्नो श्रमिानलाई ४ जना युवाहरुले हातपात÷कुटपिट समेत गरेको र सोही दिन निजलाई कर्तव्य गरी हत्या गरेका थिए । सो घट्नामा संलग्न रहेको आरोपमा सिनपा ९ का वर्ष १९ को रहेमान अली, वर्ष २६ को सुनिल गुरूङ्, वर्ष २८ को मुख्तार पठान र सिनपा १२ का वर्ष २१ को धर्मराज अहिर पक्राउ परेका छन ।
शिलाले किटानी जाहेरीमा बताएको उल्लेखित शंकित व्यक्तिहरुलाई शुक्रवार पक्राउ गरी जिल्ला अदालत रूपन्दहेहीबाट ५ दिनको म्याद थप अनुमती लिई थप अनुसन्धान कार्य भईरहेको जिप्रकाले जनाएको छ ।
अपराध हुनुको रहस्य यस्तो छ
प्रहरीका अनुसार करिब ८ महिना अगाडी मृतकको परिवार र आरोपित सुनिल गुरूङको परिवार बिच सामानन्य झै–झगडा भई गत साउन १३ गते जिप्रकामाा मिलापत्र भएको थियो । मृतक र आरोपितहरू विच समय समयमा सामान्य बादबिबाद हुने गरेको पनि प्रहरीको भनाइ छ । आरोपित चारैजना लागु–औषध सेवनमा संलग्न रहेको देखिएको र लागू औषध खाईसकेपछी विवाद भै हत्या भएको प्रारम्भिक रूपमा देखिएको प्रहरीको भनाइ छ ।