२०८१ श्रावण १२

पत्रकार मनोज हितङ्गाको सवारी दुर्घटनामा निधन
  • लुम्बिनी खोज
  • २०७९ फाल्गुन १४, आईतवार १७:०८ गते

बुटवल।

बुटवलका पत्रकार मनोज हितङ्गाको सवारी दुर्घटनामापरि निधन भएको छ। गएराती करिव सवा ११ बजे बुटवलको मिलनचोकमा उनी सवार मोटरसाइकल दुर्घटनामा परेको हो ।

गएराती करिव सवा ११ बजे बुटवलको मिलनचोकबाट अस्पताललाईन तर्फ गईरहेका हितंगा सवार लु ८ प ९०६८ नम्बरको मोटरसाईकल र अस्पताललाईन तर्फबाट मिलनचोक तर्फ आउदै गरेको सुदुरपश्चिम प्रदेश०७-०२-००१ ख १२२६ नम्बरको  यात्रु बाहक बस बसपार्क नजिकै एक आपसमा ठक्कर खादा उक्त दुर्घटना भएको थियो।

दुर्घटनाबाट गम्भिर घाईते उनलाई स्थानीय र प्रहरीले उद्धार गरी लुम्विनी प्रादेशिक अस्पताल लगेकोमा उपचारकै क्रममा निधन भएको प्रहरीले बताएको छ।

डेढ दशकदेखि टेलिभिजनमा क्यामेरा पर्शनको रुपमा कार्यरत रहेका उनी हाल भने एनएनटिभीको लुम्विनी प्रदेश  सम्वाददताको रुपमा कार्यरत थिए। यसअघि उनले बिबिएन र लुम्बिनी टेलिभिजनमा काम गरेका थिए । पाल्पाको तानसेन नगरपालिकाका बतासेडाँडाँ स्थायी घर भएका उनी अहिले भने बुटवलको बुद्धनगरमा नयाँ घर बनाएर बस्दै आएका थिए। हितंगाका बुवा,एक श्रीमती २ भाई रहेका छन्।