२०८१ श्रावण १२

एमालेका मन्त्रीले बुझाए राजीनामा
  • लुम्बिनी खोज
  • २०७९ फाल्गुन १५, सोमबार ११:०१ गते

काठमाडौं  १५ फागुन  ।

 नेकपा एमालेका मन्त्रीहरूले राजीनामा दिएका छन् ।  प्रधानमन्त्री निवास बालुवाटार पुगेर मन्त्रीहरुले राजीनामा बुझाएका हुन् ।

एमालेका सबै ८ मन्त्रीहरूले राजीनामा दिए । एमालेले सरकारबाट बाहिरिने निर्णय गरेसँगै मन्त्रीहरुले राजीनामा दिएका हुन् । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको आजको सचिवालय बैठकले निर्णय सरकारबाट बाहिरिने निर्णय गरेको थियो ।

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलसहित ८ जना सरकारमा थिए । उनीसहित परराष्ट्रमन्त्री विमला राई पौड्याल, भूमि सुधार, सहकारी तथा गरिबी निवारणमन्त्री राजेन्द्रकुमार राई, कृषिमन्त्री ज्वाला कुमारी साह, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी, सहरी विकास मन्त्री दामोदर भण्डारी र स्वास्थ्यमन्त्री पदम गिरी र रक्षामन्त्री हरि उप्रेतीले राजनीनामा बुझाएका हुन् ।