२०८१ श्रावण १२

पश्चिम नेपाल बस  प्रालिद्वारा गैरे र फुल्लेललाई सम्मान
  • लुम्बिनी खोज
  • २०७९ फाल्गुन १६, मंगलवार १२:२९ गते

बुटवल, १६ फागुन । पश्चिम नेपाल बस ब्यबसायी प्रालिद्वारा बुटवलका बिभिन्न संस्थामा नवनिर्वाचित पदाधिकारीहरुलाई सम्मान गरिएको छ ।

हालै सम्पन्न अधिबेशनबाट निर्वाचित पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एसोसिएसन र यातायात मजदुर तथा ब्यबसायी भलाई कोषका अध्यक्षसहित पदाधिकारीहरुलाई सम्मान गरिएको हो । पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष हिमाल गैरे र यातायात मजदुर तथा ब्यबसायी भलाई कोषका अध्यक्ष दिनेश फुल्लेल लगाएतलाई एक कार्यक्रमकाबिच सम्मान गरिएको पश्चिम नेपाल बस ब्यबसायी प्रालिले जनाएको छ । प्रालिका अध्यक्ष दधिराम खरेल र पुर्वअध्यक्षहरु दामोदर ज्ञवाली, तुलसीराम बन्जाडे, सुरेन्द्रमान श्रेष्ठ लगायतले नवनिर्वाचित अध्यक्ष गैरे र फूल्लेललाई सम्मान गरेको प्रालिले जनाएको छ ।

 


सो अवसरमा बोल्दै प्रालिका अध्यक्ष खरेलले यातायात ब्यबसायी तथा मजदुृरहरुका समस्या समाधानका लागि सरोकारवाला संस्थामा आवद्ध ब्यबसायी तथा मजदुरहरु एकताबद्ध भएर अघि बढ्नुपर्ने बताए। पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष हिमाल गैरेले यातायात ब्यबसायसँग सम्बन्धित समस्याहरु समाधानका लागि सरकार उदासिन बन्दै गएको भन्दै चिन्ता ब्यक्त गरे।

भलाई कोषका अध्यक्ष दिनेश फुल्लेलले यातायात सम्बन्धी नितिहरु परिमार्जनका लागि आग्रह गर्दै धरासायी बन्दै गैरहेको ब्यबसायलाई प्रबद्र्धन गर्न सरकारले तदारुकता देखाउन आवश्यक रहेको चर्चा गरे । कार्यक्रममा बुटवल उपमहानगरपालीका वडा नम्बर ४ का अध्यक्ष नरिश्वर पौडेल, प्रालिका पुर्व अध्यक्षहरु दामोदर ज्ञवाली, तुलसीराम बन्जाडे, सुरेन्द्रमान श्रेष्ठ, प्रबन्धक रामचन्द्र भुसाल लगाएतले यातायात मजदुर तथा ब्यबसायीका समस्याहरु र समस्या समाधानका उपायहरुका बारेमा चर्चा गरेका थिए ।