२०८१ श्रावण १२

किशोरीहरुका लागि आत्मरक्षा सम्बन्धी तालिम
  • लुम्बिनी खोज
  • २०७९ फाल्गुन १९, शुक्रबार १३:१२ गते

बुटवल १९ फागुन ।
सामाजिक विकास डिभिजन कार्यालय रुपन्देहीको आयोजनामा विद्यालयका किशोरीहरुका लागि आत्मरक्षा सम्बन्धी ३ महिने तालिम शुक्रवारबाट सुरु भएको छ ्र
कालिका मानवज्ञान मावि, नवीन औद्योगिक कदर बहादुर रीता मावि, नहरपुर मावि, प्रगति मावि र तिलोत्तमा माविका ६ जनाको दरले ३० जना विद्यार्थीहरुलाई ७५ दिन सम्म आत्मरक्षा तालिम दिइने भएको छ ।
सामाजिक विकास डिभिजन कार्यालय रुपन्देहीका कार्यालय प्रमुख दिवाकर भण्डारीको अध्यक्षतामा शाखा अधिकृत जनार्दन अधिकारीको संचालनमा आयोजित कार्यक्रममा कालिका मानवज्ञान माविका प्रअ दिनेश थापाले शुभारम्भ गरेका थिए ।
उक्त कार्यक्रममा कालिका मानवज्ञान माविका प्रअ दिनेश थापा, नवीन औद्योगिक कदर बहादुर रीता माविका प्रअ प्रेम बहादुर बस्नेत, आत्मरक्षा तालिमका प्रशिक्षक नवराज खरेलले धारणा राखेका थिए ।