२०८१ श्रावण १२

विद्यार्थी माझ मनाइन् सन्धाले जन्म दिन
  • लुम्बिनी खोज
  • २०७९ फाल्गुन ३०, मंगलवार १४:१९ गते

बुटवल ३० फागुन ।
जन्म दिनमा हुने फजुल खर्च लाई कटौटी गर्न सके रचनात्मक काममा पनि लगाउन सकिन्छ भन्ने सन्देश सन्धा घिमिरेले दिएकी छिन । अर्घाखाचीको पाणिनीमा जन्मेकी घिमिरे हाल अष्टेलियामा बस्दै आएकी छिन । अध्यानको क्रममा अष्टेलियामा रहेकी उनी विदा मनाउन स्वदेश फर्केको समयमा जन्म दिन प¥यो । मंगलवार उनले आफ्नो जन्म दिन दृष्टि विहिन विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान गरेर मनाइन् । सन्धाले उनीहरु माझ बसिन र रमाइलो गरेर जन्म दिन मनाइन् ।
सन्धालाई यस किसिमले जन्म दिन मनाउन अवसर बुटवल स्थीत पश्चिम नेपाल विकास ट्रष्टले जुटाइदिएको हो । सामाजिक क्षेत्रमा क्रियाशिल सस्था पश्चिम नेपाल विकास ट्रष्ट मार्फत रुपन्देहीको मणिग्राम स्थीत शान्ति नमुना माध्यमिक विद्यालयमा अध्यानरत दृष्टि विहिन विद्यार्थीहरुलाई शैक्षिक सामाग्री प्रदान गरी सन्धाले जन्म दिन मनाइन । कार्यक्रममा सस्थाका सल्लाहकार विष्णु घिमिरे, सचिव पदम लाल घिमिरे, सदस्य देविप्रसाद घिमिरे, विद्यालयका सहायक प्रअ दीपेन्द्र शाक्य, बिशेष शिक्षा संयोजक सीता गौतम, शिक्षिका सारदा पाण्डे, सन्धाका बाबा पाणिनी गाउपालिकाका स्वास्थ्य विभागका प्रमुख समेत रहेका शेषकान्त घिमिरेलगायतले सन्धाको कामको प्रशंशा गर्दै जन्म दिनको शुभकामना दिएका थिए । उनीहरुले जन्मदिनमा रचनात्मक काम गरेमा समाजमा सकरात्मक प्रभाव पार्ने समेत बताएका थिए ।