२०८१ श्रावण १२

रुपन्देहीका पुराना पत्रकार अर्यालको निधन
  • लुम्बिनी खोज
  • २०७९ चैत्र ४, शनिबार १४:५५ गते

बुटवल ४ चैत ।
रुपन्देहीका पुराना पत्रकार एवं सिद्धार्थ दैनिकका तत्कालिन सञ्चालक÷सम्पादक बाबुराम अर्यालको निधन भएको छ । पछिल्लो समय जण्डिसको उपचार गराईरहेका अर्यालको शुक्रवार दिउँसो भरतपुरस्थित अस्पतालमा ७५ बर्षको उमेरमा निधन भएको हो । उनको निधनले सिंगो सञ्चार जगतलाई स्तब्ध तुल्याएको सञ्चार क्षेत्रका संघ सस्था तथा विभिन्न ब्यक्तितवहरुले बताएका छन । रुपन्देहीको तिलोत्तमा नगरपालिका शंकरनगर निवासी पुराना पत्रकार अर्यालको निधनप्रति प्रेस चौतारी नेपाल रुपन्देही गहिरो शोक व्यक्त गरेको छ ।
अध्यक्ष लक्ष्मण पौडेलले शोक बक्तब्य जारी गर्दै सिद्धार्थ दैनिकका सञ्चालक÷सम्पादक रहेका स्वर्गीय अर्यालले पत्रकारितामा लामो समय सक्रियतापुर्वक खटेको उल्लेख गरेका छन । उहाँले सामाजिक कामसँगै प्रेस स्वतन्त्रताको आन्दोलन र पत्रकारिताको संस्थागत विकासमा पु¥याएको महत्वपूर्ण योगदान स्मरणीय रहेको छ । जीवनको उत्तराद्र्धमा वनवाटिकाको परिकल्पना गरी सो क्षेत्रलाई पर्यटनको हव वनाउन अर्यालले खेलेको भूमिका महत्वपूर्ण छ ।, पौडेलले भनेका छन ।