२०८१ श्रावण १२

फ्रेण्डस क्लव तिलोत्तमा गोल्डकपको सेमिफाईनल प्रबेश
  • लुम्बिनी खोज
  • २०७९ चैत्र ६, सोमबार १३:५१ गते

 

बुटवल ६ चैत
बिभागिय टोली सशस्त्र प्रहरी बल(एपिएफ)लाई पन्छाउदै फ्रेण्डस क्लवले बुटवलमा जारी २२ औँ तिलोत्तमा गोल्डकपको सेमिफाईनलको यात्रा तय गरेको छ । गोल्डकपको सोमवार भएको प्रतियोगिताको तेस्रो खेलमा फ्रेण्डस क्लवले २—१ गोल अन्तरले एपिएफलाई पराजित गरेको हो ।
फ्रेण्डसको तर्फबाट खेलको डोना थापा र बिदेशी खेलाडी राफिक आमेनुले समान एक एक गोल गरेका थिए । एपिएफको तर्फबाट ९० मिनेट पछिको ईन्जुरी समयमा बिरेन्द्रले गोल गरेपनि खेलमा फर्किन भने सकेनन् ।
खेलमा म्यान अफ द म्याचबाट पुस्कृत हुँदै फ्रेण्डस क्लवका राफिया एमाण्डुले ११ हजार १ सय ११ रुपैयाँ, यति हेल्मेट र करेन्ट चाउचाउ प्राप्त गरेका छन । प्रतियोगिता अन्र्तगत मंगलवारको खेल नेपाल पुलिस क्लव र मनाङ र्मस्यादी क्लवका बीच हुने छ ।