२०८१ श्रावण १२

मैदान सम्पर्क समाजको साधारण सभामा भित्रे पात्रो विमोचन
  • लुम्बिनी खोज
  • २०७९ चैत्र २६, आईतवार ०९:४१ गते

बुटवल २६ चैत ।
पाणिनी ५ मैदान अर्घाखाची रुपन्देही सम्पर्क समाजको पाचौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । समाजले साधारण सभा सगै नया वर्ष २०८० को भित्रे पात्रो विमोचन तथा शुभकामना आदान प्रदान कार्यक्रम समेत गरेको छ ।
कार्यक्रममा भारत प्रवासमा बस्दै आएका मैदानका मैदानका समाजसेवी हरिप्रसाद घिमिरेलाई मानार्थ सदस्यको रुपमा र मिस वेष्टन नेपालको ताज पहिरिन सफल ममता घिमिरेलाई सम्मान गरिएको गरिएको थियो ।
समाजका अध्यक्ष कृष्णप्रसाद बेल्वासेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जेष्ठ नागरिक क्या. झविन्द्र घिमिरे, नेपाल सरकारका पूर्व सचिव बालकृष्ण घिमिरे, समाजका पूर्व अध्यक्ष हरि दाउरे, थानेश्वर घिमिरे, सल्लाहकारहरु डीआर घिमिरे, लक्ष्मण पाण्डे, मिनप्रसाद घिमिरे, गोपाल घिमिरे, राजेन्द्र अधिकारी, खोमराज घिमिरे, पदम घिमिरे, देवीप्रसाद घिमिर, कमल अधिकारीेलगायतले शुभकामना ब्यक्त गरेका थिए । सचिव टामलाल घिमिरेको सञ्चालनमा सहसचिव डीआर गैरेको स्वागत मन्तब्य सम्पन्न कार्यक्रममा विभिन्न विषयमा छलफल भएको थियो । अध्यक्ष बेल्वासेले समाजले एक वर्षमा गरेका कामबारे जानाकारी गराउदै आगामी वर्षका प्रस्तावित योजनाहरुका बारेमा जानाकारी गराएका थिए भने कोषाध्यक्ष वेदराज अधिकारिले आर्थिक प्रतिवेदन प्रश्तुत गर्दै समाजको वचत कोष बढाउने विभिन्न योजनाका बारेमा बताएका थिए । कार्यक्रममा उपस्थित वक्ताहरूले समाजले गरेका कामको प्रशंसा गर्दै थप रचनात्मक कामको शुभकामना दिएका थिए ।