२०८१ श्रावण १२

महासंघको वरिष्ठ उपाध्यक्ष पदमा पुनः निर्वाचन
  • लुम्बिनी खोज
  • २०७९ चैत्र ३०, बिहीबार ०७:५१ गते

काठमाडौं ३० चैत ।
नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदमा बिहीबार २ बजेदेखि पुनः निर्वाचन हुने भएको छ । महासंघले निर्वाचन हुने समय सार्वजनिक गरेको हो ।

यसअघि बुधबार सम्पन्न निर्वाचनमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेपछि पुनः निर्वाचन हुन लागेको हो । पहिलो चरणको निर्वाचनबाट उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठ दोस्रो चरणमा प्रवेश गरेका छन् । रामचन्द्र संघाइ बाहिरिएका छन् । महासंघका अनुसार निर्वाचन प्रज्ञा प्रतिष्ठानमै हुने छ ।पहिलो चरणको मतदानमा अञ्जनले ३७.९९, उमेशले ३१.९९ र रामचन्द्र ३०.४६ मत ल्याएका छन।

महासंघमा वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुन ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्ने भए पनि चुनावी प्रतिस्पर्धामा रहेका वरिष्ठ उपाध्यक्षका उम्मेदवारहरूमध्ये कुनै एक उम्मेदवारको ५० प्रतिशतभन्दा धेरै मत नपुग्ने भएकाले पुनः दुईजना उम्मेदवारबीच निर्वाचन हुन लागेको हो ।

महासंघको विधानअनुसार कुनै एक उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत नल्याएकाले पहिलो र दोस्रो हुनेबीच पुनः प्रतिस्पर्धा हुन्छ। वरिष्ठ उपाध्यक्षका लागि दोस्रो चरणको मतदान २ बजेदेखि ५ बजेसम्मका लागि तोकिएको छ।

निर्वाचनले आगामी तीन वर्षका लागि वरिष्ठ उपाध्यक्षसहितका केन्द्रीय सदस्यको नयाँ नेतृत्व चयन गर्नेछ। महासंघको उपाध्यक्षमा रामचन्द्र संघई प्यानलबाट दुई र उमेशलाल श्रेष्ठ प्यानलबाट एकजना निर्वाचित भएका छन्।

जिल्ला–नगर र एसोसिएटमा संघई समूहबाट उपाध्यक्ष निर्वाचित भएका छन्। जिल्ला–नगरमा सुरकृष्ण वैद्य र एसोसिएट उपाध्यक्षमा ज्योत्स्ना सुब्बा श्रेष्ठ निर्वाचित भएका हुन्।