२०८१ श्रावण १२

लुम्विनी साँस्कृतिकको प्रमुख प्रशासकीय अधिकृतमा ज्ञवाली
  • लुम्बिनी खोज
  • २०८० बैशाख ६, बुधबार १५:३७ गते

बुटवल ६ बैशाख ।
रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा उपसचिव राम प्रसाद ज्ञवाली हाजिर भएका छन् ।
सेवा आरम्भ गर्दै उनले सेवा प्रवाह छिटो र सहज बनाउन लागि पर्ने बताए । समृद्ध नगर बनाउन जनप्रनितिधी, विभिन्न राजनितिक दल, नागरिक समाज, क्लब र नगरबासीको साथ चाहिने धारणा उनले राखे ।
उनलाई एक कार्यक्रमका विच लुम्बिनी साँस्कृतिक नगरपालिकाका मेयर सजरुद्धिन मुसलनमान,उपप्रमुख कल्पना हरिजन,वडाअध्यक्ष विनोद कांहार,न्यायिक समिति सदस्य अहम्मद हुसेन,शाखा प्रमुख तथा कर्मचारीहरुले स्वागत गरे । उपप्रमुख कल्पना हरिजनको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन नगरपालिकाका प्रेस संयोजक सुरेश परियारले गरेका थिए ।सरकारी सेवामा रहदा ज्ञवालीले यस अघि विभिन्न कार्यालयमा महत्वपूर्ण भुमिका निर्वाह गरेका छन । उनका विभिन्न पुस्तकहरु प्रकाशित रहेका छन । ज्ञवाली लेख रचना तथा साहित्वमा रुचि राख्नेमा पनि पर्दछन ।