२०८१ श्रावण १२

डढेलो निभाउने क्रममा गुल्मीमा एकजनाको मृत्यु
  • लुम्बिनी खोज
  • २०८० बैशाख ८, शुक्रबार ०७:२४ गते

बुटवल, ८ बैशाख ।
गुल्मीको धुर्कोटमा जंगलमा डढेलो निभाउने क्रममा जलेर एक जनाको मृत्यु भएको छ ।
साथै एक जना गम्भीर घाइते भएका छन ।
गुलमीकोे धुर्कोट गाउँपालिका वडानम्बर–३ का १३ वर्षका दीपक मुखियाको मृत्यु भएको हो । पाल्पामा उपचारको क्रममा शुक्रवार बिहान उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । आगो निभाउने क्रममा धुर्कोट गाउँपालिका वडानम्बर–३ का ५५ वर्षका धनबहादुर जोगी कुँवर घाइते भएका छन । घाइते कुँवरलाई थप उपचारका लागि बुटवल लगिएको छ ।

धुर्कोट गाउँपालिका वडानम्बर–३ हाडहाडे बर्दवास जंगलमा बिहीबारदेखि लागेको डढेलो निभाउन गएका बेला उनीहरु जलेको प्रहरीले जनाएको छ । जंगलमा लागेको आगो निभाउन प्रहरी स्थानीय खटिएका छन् । आगो नियन्त्रणमा आउन सकेको छैन ।