२०८१ श्रावण १२

किशोरीहरुको लागि आत्मरक्षा सम्बन्धी ३ दिने तालिम
  • लुम्बिनी खोज
  • २०८० बैशाख १०, आईतवार १५:०९ गते

बुटवल १० बैशाख ।
महिला सशक्तिकरण अभियान नेपालको आयोजना र गैडहवा गाउँपालिकाको सहयोगमा किशोरीहरुको लागि आत्मरक्षा सम्बन्धी ३ दिने तालिम सम्पन्न भएको छ ।


आईतबार सूर्यपुरा गैडहवामा सम्पन्न भएको किशोरीहरुको लागि आत्मरक्षा सम्बन्धी ३ दिने तालिमको समापन कार्यक्रममा गाउँपालिका अध्यक्ष सुरेन्द्र पौडयाल, वडा नम्बर ०९ का अध्यक्ष मिना क्षेत्री ,वडा नम्बर ५ का अध्यक्ष विजय कुमार शर्मा , वडा नम्बर २ का अध्यक्ष पराजुदिन धुनिया, वडा नम्बर ६ का अध्यक्ष राजकुमार लोद ,वडा नम्बर ७ का अध्यक्ष लाल वहादुर केवत , गैडहवा गाउँपालिका सामाजिक विकास शाखा प्रमुख रचना गौतम, लुम्विनी बिकास मञ्चका अध्यक्ष सन्दिप गुप्ता, सहजकर्ता एबं स्काउट मास्टर विद्या खडका, सहजकर्ता सीमा गौड,सहजकर्ता शुसिला थारु, स्काउट मास्टर सरु क्षेत्रीलगायतको सहभागिता रहेको थियो ।

८० जना किशोरीहरु तालिममा सहभागि भएका थिए ।
तालिमको प्रशिक्षक स्काउट मास्टर नवराज खरेलले किशोरीहरुका लागि तालिम महत्वपूर्ण रहेको बताए । उनले यस किशिमका तालिमले किशोरीहरुमा आत्मविश्वास बढ्ने बताए ।