२०८१ श्रावण १२

औँलो रोगमुक्त बनाउने अभियानमा लुम्बिनी साँस्कृतिक नगरपालिका
  • लुम्बिनी खोज
  • २०८० बैशाख १३, बुधबार ०९:१० गते

बुटवल,१३ वैशाख ।

लुम्बिनी लुम्बिनी साँस्कृतिक नगरपालिकालाई औँलो रोगमुक्त बनाउन छलफल चलाइएको छ । विश्व औँलो दिवसको अवसर पारेर नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग ईपिडिमियालोजी रोग नियन्त्रण महाशाखा तथा लुम्बिनी साँस्कृतिक नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा भएको कार्यक्रम मार्फत शुन्य औँलो बनाउने अभियानमा लाग्न सवैलाई सन्देश दिइएको स्वास्थ्य शाखा प्रमुख राजेन्द्र चौधरीले जानकारी दिए ।

सोही कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी साँस्कृतिक नगरपालिकाका उपप्रमुख कल्पना हरिजनले सरसफाईलाई जोड नदिएकै कारण औँलो रोग हुने बताएकी छन् । लामखुट्टेबाट सर्ने रोग औँलो रोग नियन्त्रण गर्न र हुन नदिन विभिन्न जनचेतनाका कार्यक्रमलाई टोलटोलमा संञ्चालन गर्नुपर्ने सुझाईन् ।
मानव जिवन संग जोडिएको स्वास्थ्य क्षेत्रलाई नगरपालिकाले विशेष चासोको साथ हेरिएको बताउदै उपप्रमुख हरिजनले आगामी दिनमा बजेट निर्माण गर्दा समेत प्राथमिकता दिईने कुरा औँल्याईन् ।

कार्यक्रममा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अर्यालले खानेपानी तथा शौचालय जस्ता समस्यालाई निति तथा कार्यक्रममा राखेर दिर्घकालीन योजना तर्जुमा गर्नुपर्ने बताए । अशिक्षाकै कारण जटिल प्रकृतिका रोगको शिकार नगरबासी बन्न पुग्ने बताउदै अर्यालले मलरिया रोग लाग्न नदिन झुलको अनिवार्य प्रयोग र व्यक्तिगत सरसफाईलाई जोड दिनुपर्र्ने बताए । कार्यक्रममा नगरपालिकामा रहेका विभिन्न शाखा,वडामा रहेका स्वास्थ्य चौकीका प्रमुख विच सो कार्यक्रम भएको थियो । पालिकाको सभाहलमा भएको कार्यक्रममा स्टाफ नर्स स्मृति गौतमको संञ्चालन रहेको थियो ।