२०८१ श्रावण १२

आगोमा जलेर कुनै नेपालीले मर्नु नपरोस् : सांसद भण्डारी
  • लुम्बिनी खोज
  • २०८० बैशाख १७, आईतवार १६:५५ गते

काठमाडौ,१७ बैशाख ।

कांग्रेस नेता एवं संघीय सांसद डा. चन्द्र भण्डारीले आगलागीबाट हुने मृत्युदर कम गर्न काम गर्ने संकल्प व्यक्त गरेका छन् ।

भारतमा साढे दुई महिना उपचारपछि स्वदेश फर्किएका भण्डारीले विज्ञप्ति जारी गरी आगलागीका घटना न्यूनीकरण गर्न र मृत्युदर कम गर्न पैरवी गर्ने संकल्प गरेको जनाएका हुन् ।

‘जुन दिन अब म बाँँच्छु जस्तो लाग्यो, नेपालमा आगलागीबाट हुने घटनाहरू कम गर्न तथा आगलागीबाट हुने मृत्युदर कम गर्न पैरवी गर्छु, काम गर्छु भन्ने संकल्प गरेँ,’ उनले भनेका छन्, ‘त्यसैले मेरो अभियान हुनेछ, ‘कुनै नेपालीले आगोमा जल्नु नपरोस्, आगलागीमा परेको कुनै पनि नेपालीले मर्नु नपरोस् ।’
उनले संघीय सांसदका रूपमा आवश्यक नीतिगत सुधार तथा कानुनी व्यवस्थाका लागि काम गर्ने प्रतिबद्धता पनि जनाएका छन् ।

उनले  कुनै पनि नेपालीले आगलागीबाट मर्नु नपरोस् भन्ने पहिलो अभियान आफ्नो हुने बताएका छन् । त्यसका लागि आवश्यक नीतिगत सुधार तथा कानुनी व्यवस्थाका लागि लागिपर्ने उनले बताए ।

आफूलाई बाँच्नका लागि साथ र सहयोग गरेकोमा नेपाल सरकार, विभिन्न राजनीतिक दलका नेताहरू, सहकर्मीप्रति आभार र धन्यवाद व्यक्त गरेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा पत्रकारहरूमाझ नेता भण्डारीले आफू थप उपचारका लागि भारत गएकै दिन नेपाल सरकारले अर्को बर्न अस्पताल बनाउने निर्णय गरेकोमा खुसी समेत व्यक्त गरे ।

उनी गत फागुन ३ गते खाना पकाउने ग्यास लिक भएर घाइते भएका थिए ।

प्रेस नोट