२०८१ श्रावण १२

एमाले सांसद कोइरी निलम्बित
  • लुम्बिनी खोज
  • २०८० बैशाख १९, मंगलवार १६:३५ गते

काठमाडौँ ।

हत्या अभियोग लागेका एमाले सांसद लक्ष्मी महतो कोइरी प्रतिनिधि सभा सदस्यबाट निलम्बित भएका छन् ।

सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा नियमावलीको नियम २४८(३) को व्यवस्थाबमोजिम मंगलबार कोइरीलाई निलम्बन गर्ने निर्णय गरेको संसद्का महासचिव भरतराज गौतमले जानकारी दिए। प्रतिनिधिसभा अधिवेशन अन्त्य भएकाले गौतमले मंगलबार साँझ कोइरी निलम्बनको सूचनासमेत टाँस गरेका छन् ।

सशस्त्रका असइ थमन विकको हत्यामा संलग्न भएको अभियोग लागेका कोइरीलाई पुर्पक्षका लागि थुनामा राख्न उच्च अदालत जनकपुरले आदेश दिए पनि तारेख गुजारेर फरार छन्।

नेपाल प्रहरीले आइतबार सभामुख घिमिरेलाई पत्र लेख्दै कोइरी फरार रहेकाले पक्राउमा सहयोग गरिदिन अनुरोध गरेको थियो। यसअघि ७ पुसमा पनि प्रहरी प्रधान कार्यालयले संसद्का महासचिव गौतमलाई पत्र लेखेको थियो।