२०८१ श्रावण १२

विश्व प्रेस स्वतन्त्रता दिवसमा बुटवलमा प्रभातफेरी
  • लुम्बिनी खोज
  • २०८० बैशाख २०, बुधबार ०७:५६ गते

बुटवल, २० वैशाख ।
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा बुटवलमा प्रभातफेरी कार्यक्रम सम्पन भएको छ । नेपाल पत्रकार महासंघ रुपन्देहीको आयोजनामा गरिएको प्रभातफेरीमा विभिन्न सञ्चारसम्बद्ध संघ संगठनहरु सहभागी भएका थिए ।

बुटवलको ट्राफिकचोकबाट सुरु भएको प्रभातफेरी कार्यक्रम पत्रकार महासंघ रुपन्देहीको कार्यालय परिसरमा पुगेर समापन भएको थियो । त्यस अवसरमा नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले पछिल्लो समय प्रेस विरोधी क्रियाकलाप कमी हुँदै गएको बताएका थिए । यद्यपि अझै पनि पत्रकारहरु पेशागत र भौतिक सुरक्षाको जोखिममा रहेको उनले बताए । प्रभातफेरी शुभारम्भको अवसरमा पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकालले सहभागी सबैलाई धन्यवाद दिएका थिए । कार्यक्रमको संचालन पत्रकार महासंघ रुपन्देहीका सचिब बिनोद परियारले गरेका गरेका थिए ।