८ जेष्ठ २०८१, मंगलवार

हामी राम्रो गर्छौँ, राम्रो बाहेक अरु गर्दैनौँ: प्रधानमन्त्री
  • लुम्बिनी खोज
  • २७ बैशाख २०८०, बुधबार ०८:५१

काठमाडौ,२७ बैशाख ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले नराम्रा काम गर्दै नगर्ने भनेर अठोट लिएको बताएका छन् ।  बुधबार कम्युनिस्ट नेता निर्मला लामाको २३ औं स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सुशासन, सामाजिक न्याय र सम्मृद्धिको यात्रालाई नयाँ ढंगले सुरु गर्ने सरकारको अठोट रहेको बताएका हुन् ।

‘सरकारले सानादेखि ठुला राम्रा काम गर्ने । राम्रा बाहेक नराम्रा गर्दै नगर्ने भनेर हामी लागेका छौं’, प्रधानमन्त्री प्रचण्डको भनाइ छ । प्रधानमन्त्रीले सुशासन र सामाजिक न्यायाका निम्ति आम इमान्दार जनता, क्रान्तिकारी, बुद्धिजीवी र नागरिक समाजको सहयोग रहने विश्वास व्यक्त गरे । उनले राजनीतिमा जटिलता आइरहने भन्दै सुशासन कायम गर्नेक्रममा सरकारले कुनै कसर बाँकी नराख्ने समेत बताए ।

कार्यक्रममा निर्मल लामाले नेपाली कम्युनिस्ट आन्दोलनमा खेलेको भूमिकाको स्मरण गरिएको थियो ।