२०८१ माघ ३
बुटवल,२७ बैशाख ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि भूमिगत भएका एमाले सांसद टोपबहादुर रायमाझीले आफू बिरामी परेको पत्रमार्फत संसद् सचिवालयलाई जानकारी गराएका छन्।
रायमाझीले बिरामी बिदा भनेर संसद् सचिवालयमा इमेलमार्फत चिठी पठाएका हुन्। आजै एमालेले पार्टीको सचिवसमेत रहेका रायमाझीलाई पदबाट निलम्बन गरेको छ। संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले बिरामी बिदाको चिठी प्राप्त भएको पुष्टि गरे। महासचिव शंकर पोखरेलले बुधबार विज्ञप्ति जारी गर्दै उनलाई सचिव पदबाट निलम्बन गरिएको जानकारी गराएका छन्।