२०८१ आश्विन २८

कांग्रेसका पूर्वसांसद शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी
  • लुम्बिनी खोज
  • २०८० बैशाख ३१, आईतवार ०७:४१ गते

बुटवल,३१ बैशाख ।

  नेपाली कांग्रेसका पूर्व सांसद आङटावा शेर्पाविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरण ढाकछोपमा संलग्न रहेको आरोपमा आङटावा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।  प्रहरी उच्च अधिकारीका अनुसार सो घटनामा पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाणलगायतको नाम नभन्नका लागि अनुरोध गर्न प्रहरी कार्यालय पुगेका शेर्पामाथि थप अनुसन्धानका लागि पक्राउ पुर्जी जारी भएको हो । उनलाई पक्राउ गर्नका लागि शुक्रबार नै जिल्ला अदालत, काठमाडौँबाट अनुमति लिइएको छ ।

तर, शेर्पा सो घटना सार्वजनिक भएपछि मोबाइल अफ गरी बेपत्ता भएका छन् । उनको प्रहरीले शुक्रबारदेखि नै खोजी गरे पनि अझैसम्म फेला पार्न सकेको छैन ।