२०८१ श्रावण १२

सुदूरपश्चिम प्रदेशका कानुनमन्त्री सिंह सवार गाडी दुर्घटना, ६ जना घाइते
  • लुम्बिनी खोज
  • २०८० असार ५, मंगलवार ११:२५ गते

बुटवल, ५ असार ।

बझाङमा सुदूरपश्चिम सरकारका मन्त्री सवार गाडी दुर्घटनामा परेको छ ।

सुदुरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंह सवार सुपप्र ०१००१ झ ४८० नम्बरको डडेल्धुरा बाट चैनपुर आउने क्रममा केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा खसेको हो ।

दुर्घटनामा परि मन्त्री सिंहसहित चार जना घाइते भएका छन् । खुट्टा र अनुहारमा चोट लागेका मन्त्री सिंहको केदारस्युँ गाउँपालिका १ देउरास्थित ॠतु पोलिक्लिनिकमा उपचार भइरहेको छ भने बाँकी ३ जनाको रायल प्राथमिक स्वास्थ्य केन्द्र देउरामा उपचार भइरहेको छ ।

घटनाबारे थप विवरण आउन बाँकी छ।