२०८१ श्रावण १२

सुदूरपश्चिम प्रदेशका मन्त्री सिंहको दुर्घटनामा निधन
  • लुम्बिनी खोज
  • २०८० असार ५, मंगलवार १४:५२ गते

बुटवल ५ असार ।
सवारी दुर्घटनामा परी गंभिर घाइते भएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको निधन भएको छ। नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले मन्त्री सिंहलाई मृत घोषणा गरेको छ।

गृहजिल्ला बझाङमा दुर्घटनामा परेका सिंहलाई हेलिकोप्टरबाट कोहलपुर पुर्‍याइएको थियो। कोहलपुर मेडिकल कलेजले बेलुकी ५ः३३ बजे सिंहलाई मृत घोषणा गरेको हो।