२०८१ आश्विन ७

एसियन खुल्ला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नवीनका विद्यार्थीहरुले प्राप्त गरे पदक
  • लुम्बिनी खोज
  • २०८० असार ८, शुक्रबार ११:३९ गते

बुटवल ८ असार ।
एसियन खुल्ला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा बुटवल स्थीत नवीन औद्योगिक कदर बहादुर रीता मा.बि. का विद्यार्थीहरुले विभिन्न पदक प्राप्त गरेका छन ।
तेक्वान्दो संघ भारत आर्यन मार्सल आर्ट एकेडेमीको सहयोग र योङ ब्रदर तेक्वान्दो क्लबको आयोजना काठमाडौमा सम्पन्न एसियन खुल्ला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपालको तर्फबाट नवीनका विद्यार्थीहरुले पनि सहभागिता जनाएका थिए ।

बिद्यालयका खेल प्रशिक्षक नवराज खरेलका अनुसार नवीन औद्योगिक कदर बहादुर रीता मा.बि. का प्रीयन्का सुनार ६० केजि स्वर्ण ,प्रतिमा सुनार ५० केजि स्वर्ण , रितेश खनाल ४५ केजि स्वर्ण, नास्तिक पचभैया मगर ५५ केजि स्वर्ण पदक प्राप्त गरेका छन । त्यस्तै समिक्षा थापा ४४ केजि कास्य ,करिना चौधरी ४२ केजी रजत ,देबिराम राना ४२ केजि कास्य ,आयुस कार्कि ४५ केजि रजत ,गगन दिप कुवर २२ केजि कास्य ,सुसान्त नेपाल ४३ केजि रजत ,प्रीन्स केसि ५३ केजि रजत , मिसन जिसि ३५ केजि रजत , मोहित सेर्पुजा ५० केजि रजत र रियान्स खरेल २० केजि रजत पदक हासिल गर्न सफल भएका छन् । प्रतियोगितामा नेपालको तर्फबाट सहभागी खेलाडी मध्ये नवीन औद्योगिक कदर बहादुर रीता मा बि का ३० जना रहेका थिए ।प्रतियोगितामा सहभागि जनाउन गएका विद्यार्थीहरुको नेतृत्व बिद्यालयका खेल प्रशिक्षक नवराज खरेल र डब्लु टि एफ तेक्वान्दो प्रशिक्षक गणेश कुवरले गरेका थिए।