२०८१ श्रावण १२

कृषिमा यान्त्रीकरण अहिलेको आवश्कता: कृषि मन्त्री
  • लुम्बिनी खोज
  • २०८० असार १०, आईतवार १३:३३ गते

बुटवल , १० असार ।
लुम्बिनी प्रदेशका कृषि मन्त्री भण्डारीलाल अहिरले कृषिमा यान्त्रीकरण अहिलेको आवश्कता रहेको बताएका छन् ।
उनले प्रदेश सरकारले कृषिलाई नयाँ ढङ्गले लैजानको लागि उत्पादन वृद्धि र किसानको लागत घटाउने गरी यान्त्रीकरणको अभियान सञ्चालन गर्न थालेको बताएका छन् ।
आज आइतबार रुपन्देहीको तिलोत्तमा नगरपालिका वार्ड १० मा उद्यमशील टोल विकास संस्थाले गरेको प्रविधि युक्त प्राङरिक खेती प्रविधि प्रदर्शन कार्यक्रममा बोल्दै किसानसँगै सरकार रहेको बताए।
उनले प्रदेश सरकारले ल्याएको बजेट पनि किसान लक्षित भएको भन्दै किसानलाई थप व्यावसायिक बनाउनको लागि उन्नत बिउँ, प्रविधि प्रयोग गर्नुपर्ने बताए । सो अवसरमा बोल्दै लुम्बिनी प्रदेश योजना आयोग पूर्व सदस्य डा दामोदर भुसालले कृषिलाई प्रविधि मैत्री बनाउँदै प्राङगरिक झोल मलको प्रयोगले पोषणयुक्त खाना र खाद्यमा आत्मनिर्भर बनाउन सकिने थुपै आधार रहेको बताए । उनले कृषिलाई नयाँ प्रविधि र योजना साथ अगाडि लैजानको लागि तीनै तहका सरकारले ध्यान दिनुपर्ने बताए ।
कार्यक्रममा तिलोत्तमा नगरपालिका वार्ड नम्बर १० का अध्यक्ष गोपाल प्रसाद घिमिरे,वार्ड १२ का सहदेव थारु,१७ का दान बहादुर चौधरी,ज्योति विकास बैक बुटवल कलस्टर प्रमुख कपिल न्यौपाने,मन श्री टें«डिङ सञ्चालन उदय कुमार सिंह,उद्यमशील टोल विकास संस्थाका सदस्य राम बहादुर पुन लगायत बोल्दै तिलोत्तमामा कृषिको सम्भावना धेरै रहेको बताएका थिए ।
टोल संस्थाका अध्यक्ष धनसिंह पुन मगरको अध्यक्षमा भएको कार्यक्रममा ज्योति विकास बैकले ६ लाख रुपैयाँ बरावरको किसानलाई हाते ट्याक्टर प्रदान गरिएको थियो ।बैकको संस्थागत उत्तरदायित्व अन्तर्गत किसानलाई ट्याक्टर प्रदान गरिएको बैकका बुटवल कलस्टर प्रमुख कपिल न्यौपाने बताए ।
पत्रकार केसी पुरस्कृत
रुपन्देहीको तिलोत्तमा नगरपालिका वार्ड १० मा उद्यमशील टोल विकास संस्थाले बुटवलका पत्रकार तेजेन्द्र केसीलाई पुस्तकृत गरेको छ ।
कृषि क्षेत्रको विकासको लागि पत्रकारिताको माध्यमबाट योगदान पु¥याएको भन्दै पत्रकार केसीलाई नगद सहित सम्मान गरिएको हो । सो अवसरमा प्रशंसा पत्र र नगद रकम कृषि मन्त्री भण्डारीलाल अहिर र योजना आयोग पूर्व सदस्य डा दामोदर भुसाले प्रदान गरेका थिए । संस्थाले अक्षय कोष स्थापना गरी हरेक वर्ष एक जना पत्रकारलाई पुस्तकृत गर्ने जनाएको छ । के सी रातोपाटी अनलाइन लुम्बिनी प्रदेश संयोजक र दैनिक पत्र दैनिकको उप सम्पादकको रूपमा कार्यरत रहेका छन् ।