२०८१ श्रावण १२

६२ अंकले बढ्यो नेप्से
  • लुम्बिनी खोज
  • २०८० असार १०, आईतवार १३:५२ गते

काठमाडौं ।

साताको पहिलो कारोबार दिन सेयर बजार परिसूचक नेप्से आज ६२.२१ अंकले बढेर २११७.७३ विन्दुमा पुगेको छ।
यो १० फागुनयताकै उच्च विन्दु हो। १० फागुनमा नेप्से २१ सय २१ विन्दुमा पुगेको थियो। आज सबै समूहको सेयर बढेको छ। यसमा पनि बिमा, उत्पादन, व्यापार र फाइनान्स समूहको सेयर उच्च अंकले बढेको छ। कारोबार रकम साढे ६ अर्ब पुगेको छ ।

विहीवार होटेल क्षेत्रको कारोबार उच्च भएकोमा आइतवार भने बीमा तथा फाइनान्सतर्फ लगानीकर्ता सिफ्ट भएका छन् । होटलबाट प्रोफिट बुकिङ गरेका लगानीकर्ताले यी क्षेत्रमा लगानी गरेको अनुमान गरिएको छ ।

आइतबार २२ वटा धितोपत्रको कारोबार सकारात्मक सर्किट लेवलमा भएको छ । लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल, हिमालय लाइफ इन्स्यारेन्स, एनएमबी ५०, सामलिङ पावर कम्पनी, बीपीडब्लू लघुवित्त संस्था, सिटी होटलसहितका कम्पनीको कारोबार सकारात्मक सर्किट लेवलमा भएको हो ।

कुल २७५ धितोपत्रको ९० हजार २४९ वटा कारोबारबाट १ करोड ४७ लाख ५१ हजार २४७ कित्ता सेयर किनबेच भएको छ । जसबाट ६ अर्ब ४९ करोड ४ लाख १२ हजार ६६५ रुपैयाँको कारोबार भएको हो ।