२०८१ श्रावण १२

असार १४ गते सार्वजनिक विदा
  • लुम्बिनी खोज
  • २०८० असार १२, मंगलवार ०८:५४ गते

काठमाडौं १२ असार।
सरकारले यही असार १४ गते सार्वजनिक विदा दिएको छ ।
गृह मन्त्रालयले आज सूचना जारी गरी बकर ईदको अवसरमा असार १४ गते बिहीबारको दिन सार्वजनिक विदा दिने निर्णय भएको जानकारी दिएको हो ।

ईद उल अजाह अर्थात् बकर ईद मुस्लिम समुदायको महान पर्व हो । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औं दिनमा बकर ईद मनाउने धार्मिक विधि छ । यस दिन मुस्लिम धर्मावलम्बीले बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदानप्रदान गर्ने गरिएको छ ।