२०८१ भाद्र २३

राष्ट्रसङ्घका उपमहासचिव जिन–पियरेद्वारा लुम्बिनी भ्रमण
  • लुम्बिनी खोज
  • २०८० असार १४, बिहीबार १६:३२ गते

बुटवल,१४ असार ।

संयुक्त राष्ट्रसङ्घका उपमहासचिव जिन–पियरे ल्याक्रोइक्सले आज बुद्धजन्मस्थल लुम्बिनी भ्रमण गरेका छन् । लुम्बिनीमा उपमहासचिव ल्याक्रोइक्सलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तय (अवधेशकुमार त्रिपाठी)सहित कोषाध्यक्ष सिद्धिचरण भट्टराई, सदस्य सचिव सानुराजा शाक्य लगायतले स्वागत गरेका थिए।

त्यस अवसरमा कोषका उपाध्यक्ष मैत्तयले लुम्बिनीको अवस्थाका बारेमा जानकारी गराएका थिए ।  राष्ट्रसङ्घको शान्ति सेनाका विभाग हेर्ने उपमहासचिवले बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गर्न पाउँदा निकै खुसी लागेको र लुम्बिनीको विकासमा संयुक्त राष्ट्र सङ्घले सहकार्य गर्दै आएको बताउँदै आगामी दिनमा त्यसलाई निरन्तरता दिने बताएका विकास कोषका कोषाध्यक्ष भट्टराई जानकारी दिए ।

उपमहासचिव ल्याक्रोइक्सले मायादेवी मन्दिर, शान्ति दीप, थाई, कम्बोडियन फ्रान्स र भियतनाम गुम्बाको भ्रमण गरेका थिए । नेपालको चार दिवसीय भ्रमणका शिलशिलामा उपमहासचिव ल्याक्रोइक्स आज बुद्ध जन्मस्थल लुम्बिनी आएका हुन् ।