२०८१ माघ १२

ललितानिवास जग्गा प्रकरण : थप तीन अभियुक्त पक्राउ
  • लुम्बिनी खोज
  • २०८० असार १७, आईतवार १६:१५ गते

काठमाडौ,१७ असार ।

ललितानिवास जग्गा अपचलन प्रकरणमा प्रहरीले थप तीन अभियुक्तलाई पक्राउ गरेको छ। पक्राउ पर्ने शिवजी भट्टराई, धमानकुमार कार्की र बाबुराज महर्जन रहेका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो  (सिआइबी)बाट खटिएकाे प्रहरी टोलीले उनीहरूलाई काठमाडौंबाट पक्राउ गरेको हो। पक्राउ पर्नेमध्ये महर्जन नक्कली मोही हुन्। भट्टराई काठमाडौं महानगरपालिका– ४ का तत्कालीन वडासचिव हुन् भने कार्की नापी कार्यालयका अधिकृत हुन्।

यो मुद्दामा अनुसन्धानको सिलसिलामा भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मिनबहादुर गुरुङ, पूर्वनिर्वाचन आयुक्त सुधिरकुमार शाह, मालपोत कार्यालयका तत्कालीन कर्मचारी गोपाल कार्की र धर्मप्रसाद गौतम सिआईबीको हिरासतमा छन् ।