२०८१ मंसिर २१

लुम्बिनीमा प्रदेश सभा सञ्चालनका लागि सरकार र विपक्षीबीच सहमति
  • लुम्बिनी खोज
  • २०८० असार २०, बुधबार ०८:०३ गते

बुटवल,२० असार ।

लुम्बिनी प्रदेश सरकारले प्रदेश सभामा प्रस्तुत गरेको बजेटका विषयमा असहमत प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र सरकारबीच सहमति भएको छ।

बजेटउपर असहमति जनाएर लगातार सदन अवरुद्ध गर्दै आएको प्रमुख प्रतिपक्षी दल एमालेले प्रदेश सभाको मंगलबार बसेको दोस्रो बैठकमा पनि विरोध जनाएको थियो। बहिष्कारपछि गए राति दुवै पक्षबीच वार्ता भएको थियो। बैठक बहिष्कार गरेर बाहिरिएको एमालेसँग मुख्यमन्त्री चौधरी र सभामुख तुलाराम घर्तीले वार्ता गरेर सहमति जुटाएका हुन्। वार्तामा विपक्षी दलका नेता लीला गिरी, उपनेता चेतनारायण आचार्य र प्रमुख सचेतक चौधरी सहभागी छन्।

सत्तापक्ष र प्रमुख प्रतिपक्षबीच सहमति भएपछि मंगलबार स्थगित प्रदेश सभा आजका लागि बोलाइएको छ। प्रदेश सभा सचिव दुर्ललकुमार पुनमगरले मंगलबार स्थगित भएको प्रदेश सभाको दोस्रो अधिवेशनको १७औँ बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको सूचना जारी गरेका छन्।

सभामुखको निर्देशनअनुसार प्रदेश सभा नियमावलीको नियम १२ को उपनियम ३ बमोजिम बैठक बोलाइएको सूचनामा उल्लेख छ।