२०८१ आश्विन ६

मिटरब्याजी विरुद्धको विधेयक प्रतिनिधि सभाबाट सर्वसम्मतिले पारित
  • लुम्बिनी खोज
  • २०८० असार ३१, आईतवार १७:०६ गते

बुटवल ३१ असार ।

प्रतिनिधिसभाप्रतिनिधिसभाले अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी विधेयक (मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक) पारित गरेको छ ।

आज बसेको प्रतिनिधिसभा बैठकले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, ०८० संशोधनसहित सर्वसम्मतिले पारित गरेको हो । ले अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी विधेयक (मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक) पारित गरेको छ ।

आज बसेको प्रतिनिधिसभा बैठकले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, ०८० संशोधनसहित सर्वसम्मतिले पारित गरेको हो ।

विधेयक पारित भएसँगै उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सामन्ती शोषणको यसप्रकारको अवशेषलाई अन्त्य गर्न चाहाने सबैलाई हार्दिक बधाई ज्ञापन गरेका छन् । ‘विधेयक पारित गर्न भूमिका खेल्नुहुने प्रतिनिधिसभाका सबै माननीय सदस्यहरू  र संसद्लाई विनम्रतापूर्वक धन्यवाद प्रकट गर्दछु,’ उनले भने ।

विधेयक पास गर्ने क्रममा सरकारले कारोबार भएको वास्तविक रकम र कानुनबमोजिम ब्याज दिलाउने संशोधन स्वीकार गरेको छ । राष्ट्रिय सभाबाट पारित भइसकेको यो विधेयक अब पुनः राष्ट्रिय सभामा जानेछ । प्रतिनिधिसभाले गरेको संशोधन राष्ट्रिय सभाले स्वीकार गरेपछि प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाउनेछ । राष्ट्रपतिले प्रमाणीकरण गरेपछि कानुन बन्नेछ ।