२०८१ मंसिर १८

नेप्सेमा दोहोरो अंकको वृद्धि
  • लुम्बिनी खोज
  • २०८० श्रावण ३, बुधबार १६:२६ गते

बुटवल ३ साउन ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको वृद्धि देखिएको छ । नेप्से परिसूचक ११.१७ अंकले बढेर दुई हजार एक सय ६५.२४ अंकमा कायम भएको छ।

आज दुई सय ६० कम्पनीको ८६ लाख ७४ हजार एक सय नौ कित्ता सेयर ५१ हजार चार सय ४५ पटक खरिद बिक्री हुँदा रु। तीन अर्ब ३४ करोड ८६ लाख ७९ हजार नौ सयबराबरको कारोबार भएको छ ।

आज बैंकिङ समूह २९.६६, विकास बैंक समूह ४९.१५, उत्पादन तथा प्रशोधन समूह ६६.२२, म्युचुअल फन्ड ०.०४ र व्यापार समूह १२८.७८ अंकले बढेको छ । बाँकी अरू समूहको उपसूचक भने घटेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको रु. २३ करोड ५७ लाख ४५ हजार चार सय ५७ बराबरको कारोबार भएको छ । कुमारी बैंक लिमिटेडको चार लाख ५३ हजार नौ सय सात कित्ता सेयर किनबेच भएको छ ।