२०८१ मंसिर १
बुटवल,७ साउन ।
बुटवल उपमहानगरपालिकाका पूर्व उपप्रमुख रामप्रसाद खनालको निधनमा बुटवल उपमहानगरपालिकाले आईतबार अत्यावश्यकबाहेकका सेवा बन्द गरि शोक व्यक्त गरेको छ ।
८३ वर्षीय खनालको बुटवलको तिनाउ अस्पतालमा उपचारका क्रममा आइतबार बिहान साढे २ बजे निधन भएको थियो। आईतबार दिउँसो शोक सभा गर्दै बुटवल उपमहानगरपालिकाले आईतबार दिउँसो १ बजेदेखि अत्यावश्यकबाहेकका सेवा बन्द गरि शोक व्यक्त गरेको हो ।
शोकसभाका क्रममा नगरप्रमुख खेलराज पाण्डेयले पूर्व उपप्रमुख खनालको निधनले बुटवलले एक सादगी नेता गुमाएको भन्दै दुख व्यक्त गरेका थिए ।
उनले खनालको निधनमा शोक व्यक्त गर्दै आईतबार दिउँसो १ बजेदेखि अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको बताए
उपप्रमुख सावित्रादेवी अर्यालले पूर्व उपप्रमुख खनालको निधनले बुटवलले एक ईमान्दार र त्यागी नेता गुमाएको भन्दै दुख व्यक्त गरिन ।
निमित्त प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले बुटवलले पूर्व उपप्रमुख खनाललाई सधै सम्झिईरहने बताए ।
दम बढेपछि तिनाउ अस्पतालमा उपचाररत खनालको आईतबार बिहान साढे २ बजे निधन भएको थियो।
खनाल २०४९ सालदेखि २०५३ सम्म तत्कालीन बुटवल नगरपालिकाको उपप्रमुख बनेका थिए । शालिन नेताका रुपमा रहेका खनालले लामो समय नेपाली कांग्रेसको बुटवल नगर सभापति सम्हालेका थिए ।