२०८१ मंसिर १८
बुटवल १० साउन ।
लुम्बिनी प्रदेशको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी अर्थमन्त्री धनबहादुर मास्कीले पाएका छन् ।
मुख्यमन्त्री डिल्लीबहादुर चौधरी भारतको नयाँदिल्लीमा आयोजना हुने ‘द लियुरेट्स एन्ड लिडर्स समिट फर चिल्ड्रेन २०२४’ सम्बन्धी पूर्वतयारी कार्यक्रममा सहभागी हुन भारत प्रस्थान गर्ने भएकाले कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी मास्कीलाई प्रदान गरिएको हो।