२०८१ श्रावण १२

रुपन्देहीमा ३४ हजार भन्दा वढि युनिट रगत खपत
  • लुम्बिनी खोज
  • २०८० श्रावण १२, शुक्रबार ०९:४८ गते

बुटवल १२ साउन।
नेपाल रेडक्रश सोसाईटी रुपन्देही अन्तरगत संचालनमा रहेका रक्तसंचार केन्द्रवाट एक वर्षमा ३० हजार २ सय ५७ युनिट रगत संकलन भएको छ । बुटवल र भैरहवामा रहेका ति केन्द्रहरुमा उक्त परिणामको रगत संकलन भएको हो । जसवाट यस क्षेत्रमा उपचारका लागि आउने विरामीका लागि ३४ हजार ७ सय ८० युनिट रगत वितरण भएको छ । ५७ औं रक्त सञ्चार दिवसको अवसरमा बुटवलमा आयोजित कार्यक्रममा सो विवरण सार्वजनिक गरिएको छ ।
संकलन भएको रगतको पिआरपी लगायतका अन्य रगतहरुको प्रशोधन पछि केहि युनिट रकम बृद्धि भएको रंक्तसंचार केन्द्र बुटवलका प्रमुख राधा ज्ञवालीले जानकारी दिइन् । रेडक्रश सोसाईटी रुपन्देहीका अध्यक्ष दिपक क्षत्री न्यौपानको अध्यक्षतामा भएको कार्यक्रममा तिलोत्तमा नागरपालिकाका प्रमुख रामकृष्ण खांणले रगतको संकलन व्यवस्थापन र वितरणका लागि रेडक्रशले खेलेको भुमिका प्रशंशनिय रहेको बताए ।
उनले तिलोत्तमा नगरपालिकाले पनि आफ्नो क्षेत्रका कुनै पनि नागरिक रगतको अभावमा मृत्यु वरण गर्न नपरोस् भनेर त्यसका लागि रेडक्रशसंग सहकार्य गरेको बताए । सो अवसरमा नेपाल रेडक्रश सोसाईटी लुम्बिनी प्रदेश सभापती कृष्ण पंगेनीले मानवजिवन रक्षाका लागि चाहिने रगतको व्यवस्थापन विशुद्ध समाजसेवी भावले मात्र हुन सक्ने बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश महासचिव बिक्रम खड्का , होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष लेखनाथ भण्डारी, नेपाल स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष कृष्ण चौहान, रेडक्रश कञ्चनका सभापती गंगालाल पौडेल, रक्तसंचार केन्द्र बुटवलका प्रमुख राधा शर्मा, भैरहवा प्रमुख पदम प्रसाद बस्याल, मित्रलाल न्यौपाने, रामचन्द्र उपाध्याय लगायतले बोलेका थिए । लुम्बिनी प्रदेशमा निशुल्क रगतको सरकारी अस्पतालमा मात्र भएको भन्दै सबै अस्पताललका लागि यो सेवा उपलब्ध गराउनु पर्ने माग बढेको छ । कार्यक्रममा एक सय युनिट भन्दा वढि रगत संकलन गर्ने विभिन्न संघ संस्थाहरुलाई सम्मान गरिएको थियो ।