२०८१ श्रावण १२

बुटवल कालिका क्याम्पसको चौथो क्याम्पस सभा
  • लुम्बिनी खोज
  • २०८० श्रावण २०, शनिबार १५:४१ गते

वुटवल २० साउन ।
बुटवल कालिका क्याम्पसको चौथो क्याम्पस सभा सम्पन्न भएको छ। शनिवार बुटवल १० रामनगरमा नव निर्मित आफ्नै सभाहलमा सभा सम्पन्न भएको हो ।

त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा. डाक्टर शिवलाल भुसालको प्रमुख आतिथ्यतामा सम्पन्न सभाले क्याम्पसको प्रगति प्रतिबेदन पारित गर्नुका साथै नयाँ संचालक समिति समेत निर्बाचित गरेको छ । संचालक समितिको अध्यक्षमा होम बहादुर गलामी, उपाध्यक्षमा नित्यानन्द ज्ञवाली, कोषाध्यक्षमा नन्दु काउचा एवं सदस्य सचिवमा घनश्याम पाठक र सदस्यहरुमा युवराज तिवारी, दिनेश थापा, कृष्ण प्रसाद पाण्डे, यमुना काउचा, अनिल प्रसाद श्रेष्ठ, सन्दिपा अस्लामी निर्वाचित भएका छन।
क्याम्पस सभा उदघाटन गर्दै शिक्षाध्यक्ष प्रा. डाक्टर भुसालले सामुदायिक क्याम्पसको विकास बिना नेपालको उच्च शिक्षाको गुणस्तर सुधार गर्न नसकिने बताएका छन । उनले त्रिभुवन विश्वविद्यालयबाट पहिलोपटक सामुदायीक क्याम्पसको प्रमाण पत्र प्राप्त गरेको बुटवल कालिका क्याम्पसले छोटो समयमै गरेको भौतिक पुर्वाधार एवं शैक्षिक सुधार र उत्कृष्टताका कार्यक्रमबाट त्रिभुवन विश्वविद्यालय सन्तुष्ट भएको बताए ।
जनशक्ति पलायनलाई रोक्न गुणस्तरीय र सिपमुलक शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिंदै शिक्षाध्यक्ष प्रा. डाक्टर भुसालले भने –समयमा रिजल्ट, परिक्षाप्रणालि लगायतका केहिकुरा सुधार गर्दै हाम्रा छोराछोरीलाई यहिं पढ्ने वातावरण बनाउनुपर्छ । बिदेश गएकाले पनि दुःख पाएका छन । अब नयाँ कलेज खोल्ने हैन भएकालाई दिगो र गुणस्तरीय बनाउनेमा जोड दिने हो बरु कार्यक्रमहरु थपेर जाने हो।
बिद्यार्थिहरुलाई पुस्तकालय, फ्रि ईन्टरनेटलगायतका सुबिधाबारे मन्त्रालयसंग छलफल गरि पहल भईरहेको बताउँदै उनले बिश्वविद्यालयले अनुसन्धानमुलक शिक्षामा जोड दिएको बताए ।
क्यापस प्रमुख घनश्याम पाठकले नर्सरिमा भर्ना भएको विद्यार्थी स्नाकोत्तर सम्म यहि पढ्न पाउन भन्ने हेतुले निकै संघर्ष गरि क्याम्पस स्थापना गरि संचालन गरिएको बताए । सुरुवातका कठिनाईका वर्षहरु बिताए पनि अहिले ३ हजार बिद्यार्थीहरु अध्ययन गरिरहेको बताउँदै उनले प्राबिधिक र सिपमुलक शिक्षा अवलम्बन गर्दै यस क्षेत्रकै नमुना क्यापसको रुपमा अगाडि बढाउन जोड दिएको बताए। समुदाय स्तरबाट संचालित क्याम्पसमा समाजका सबै समाजसेवी उद्योगि ब्यावसायी राजनीतिकर्मीहरुको साथ सहयोग पाएको भन्दै खुशी ब्यक्त गरे । उनले विश्वबिद्यालयबाट थप कार्यक्रमहरु ल्याउने र स्नाकोत्तरको लागि समेत पहल भईरहेको बताए ।
कार्यक्रममा सहायक क्याम्पस प्रमुख एवं कालिका मानबज्ञान माविका प्रअ दिनेश थापाले क्याम्पसको बारे चर्चा गर्दै आफ्नै सुबिधा सम्पन्न भवन बनाउन योगदान गर्ने सबैलाई धन्यबाद दिए।
क्याम्पस संचालक समिति अध्यक्ष अर्जुनमान सैंजुको अध्यक्षता एवं कार्यक्रम संयोजक बुद्धीराम चौधरीको संचालनमा सम्पन्न कार्यक्रममा सामुदायिक क्याम्पस संघ लुम्बिनि प्रदेश अध्यक्ष मित्रलाल न्यौपाने, पुर्व अध्यक्ष एवं बुटवल ११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्री, प्राध्यापक डाक्टर नारायण बेलबासे, प्राध्यापक गोपाल पाण्डे, संचालक समितिका कोषाध्यक्ष नित्यानन्द ज्ञवाली, महेश पाण्डे, गोमप्रसाद रेश्मी लगायतले सुभकामना मन्तब्य राखेका थिए ।