२०८१ श्रावण १२

प्रतिनिधिसभा बैठकमा एमालेको अवरोध
  • लुम्बिनी खोज
  • २०८० श्रावण २६, शुक्रबार ०८:४९ गते

काठमाडौँ २६ साउन।

प्रतिनिधिसभाको बैठकमा सत्ता पक्ष र प्रतिपक्षका सांसदहरू उभिएर बैठक सञ्चालनमा अवरोध गरेका छन् । शुक्रवार दिउँसो सवा १ बजे बसेको बैठकको सुरुमा एमाले सांसदहरू विरोधमा उभिएका थिए ।

त्यसलगत्तै सभामुख देवराज घिमिरेले एमाले सांसद ज्वालाकुमारी साहलाई बोल्न दिएका थिए । साहलाई बोल्न दिएपछि सत्तापक्षका सांसदहरू पनि उभिएर बैठक अवरुद्ध पारेका छन् सांसद साहले होहल्लाका बीच आफ्नो भनाई राखेपछि एमाले सांसदहरूले नाराबाजी गर्दै सभामुखको ‘बेल’ घेराउ गरेका थिए । अवरोधपछि बैठक साउन २९ गतेसम्मका लागि स्थगित भएको छ ।