२०८१ श्रावण १२

नवीन विद्यार्थी क्लवको चौथो पदस्थापना कार्यक्रम
  • लुम्बिनी खोज
  • २०८० श्रावण २८, आईतवार १२:०९ गते

बुटवल २८ साउन ।
बुटवल स्थीत नवीन औद्योगिक कदर बहादुर रीता मा.वि. देवीनगरको मातहतमा रहेको नवीन विद्यार्थी क्लवको चौथो पदस्थापना कार्यक्रम आइतवार सम्पन्न भएको छ ।
कार्यक्रममा वोल्दै लुम्विनी प्रदेशका सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ताले युवाहरुको उद्वेश्य शिक्षित हुने तर्फ केन्द्रित हुनु पर्ने र प्रदेश सरकारले राम्रो गर्ने विद्यालय र क्याम्पसहरुलाई प्रोत्साहन गर्ने नीती रहेको बताए । विद्यालयमा राजनीति गर्न नहुने र राजनीति गरेमा शिक्षाको सुधार नहुने उनको भनाइ छ । मन्त्री गुप्ताले युवाहरु नेतृत्वमा आउनु पर्ने आवश्यकता रहेको धारणा व्यक्त गरे।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद खरेलले प्रदेश सरकारले बढी विद्यार्थी संख्या भएका विद्यालयमा पूर्वाधार विकासमा प्रयाप्त लगानी गर्नुपर्ने धारणा व्यक्त गरे ।
विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर बस्नेतले विद्यालयको भौतिक पूर्वाधार विकासमा पुर्व उपप्रधान तथा अर्थमन्त्री एवं प्रतिनिधि सभा सदस्य विष्णु प्रसाद पौडेल, बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय र पुर्व सामाजिक विकास मन्त्री सुदर्शन बरालले विद्यालयको भौतिक पूर्वाधार निर्माणमा योगदान पु¥याएको भन्दै उच्च सम्मान ब्यक्त गरे । उनले विद्यालयको समग्र अवस्थाको जानकारी समेत गराएका थिए ।


कार्यक्रममा सहायक प्रधानाध्यापक अर्जुन खनाल, विज्ञान समूह इन्चार्ज लक्ष्मी नारायण चौधरी, नवीन विद्यार्थी क्लवका संस्थापक अध्यक्ष मधुसुदन नेपाल, पुर्व अध्यक्ष विशाल पोखरेल, निवर्तमान अध्यक्ष जुना परियार, क्लवका सदस्य सिजन भट्टराई लगायतले मन्तब्य व्यक्त गरेका थिए ।
उक्त अवशरमा एनएससी शिक्षक अवार्ड विज्ञान समुहबाट रोशन तिवारी, व्यवस्थापन समूह होटल व्यवस्थापनबाट केशव भण्डारी, व्यवस्थापन समुहबाट निलकन्ठ न्यौपाने, सिभिल इन्जिनियरिङ समूहबाट सपना भट्टराई, शिक्षा समूहबाट रमेशमणी सुवेदी, कानुन समुहबाट निशा खरेल, सन्तोष पछाई, सुवदना कुँवर, रेखा भुसाल, विशाल रावतलाई र एनएससी अवार्ड अंकित खनाल, सन्ध्या सुवेदी र सुमन पुरीलाई अवार्डवितरण गरिएको थियो ।
जुना परियारको अध्यक्षतामा समिक्षा कुँवर र सुवास पौडेलको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । आगामी वर्षको लागि कानुन समुहमा अध्ययनरत अमिसन थापालाई अध्यक्ष पदमा छनौट गरेको छ ।