२०८१ श्रावण १२

नवनियुक्त मन्त्री साहद्वारा शपथ तथा पदभार ग्रहण
  • लुम्बिनी खोज
  • २०८० श्रावण २९, सोमबार ०८:४५ गते

काठमाण्डौं २९ साउन ।
नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवी साहले पदभार ग्रहण गरेकी छिन् । उनले सोमवार पद तथा गोपनीयताको शपथ लिएपछि पदभार ग्रहण गरेकी हुन । राष्ट्रपति रामचन्द्र पौडेलले शीतलनिवासमा आयोजित समारोहमा उनलाई शपथग्रहण गराएका हुन् ।

जनमत पार्टीले अनितालाई संघीय मामिला मन्त्री बनाएर सरकारमा पठाएको हो ।
मन्त्री साहले पदभार ग्रहण गर्दै आमनागरिकलाई सहज ढंगले सेवा प्रवाहको कामलाई आफूले पहिलो प्राथमिकता दिने बताइन। उनले आमनागरिकको लागि मन्त्री पदको जिम्मेवारी लिएकाले संविधानले दिएको जिम्मेवारीअनुसार आफू अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिन्।