२०८१ मंसिर १९

बुटवल उवासंघको अधिवेशन असोजमा
  • लुम्बिनी खोज
  • २०८० श्रावण २९, सोमबार ०९:३३ गते

बुटवल, २९ साउन ।
बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको वार्षिक साधारण सभा तथा अधिवेशन असोजमा हुने भएको छ । संघको सोमबार बसेको कार्यसमितिको बैठकले संघको ७० औं वार्षिक साधारण सभा तथा २५ औं अधिवेशन आगामी असोजको १५, १६ र १७ गते गर्ने निर्णय गरिएको संघका महासचिव विमलराज भट्टराईले बताए ।
संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले साधारण सभा तथा अधिवेशनको लागि विभिन्न तयारी समितिहरु गठन गरिएको छ । अधिवेशन सम्पन्न गर्नको लागि संघका कानुनी परामर्शदाता अधिवक्ता बाबुराम पाण्डे संयोजक रहेको निर्वाचन समिति गठन गरिएको छ ।
साधारण सभामा पेस गर्ने प्रस्ताव लेखनको लागि प्रतिक पोखरेल संयोजक रहेको प्रस्ताव समिति, किट व्याग तथा रजिष्ट्रेसनमा प्रकाशकुमार श्रेष्ठ, सदस्यता मत सर्वेक्षणको लागि संजय कलवार जयसवाल, खाना तथा जलपान समितिमा निर्मित कसजू, स्वागत तथा व्याच व्यवस्थापनमा जमुना पौडेल, निमन्त्रणा कार्ड व्यवस्थापनको लागि सुमोदमान सैंजू, हल तथा मञ्च व्यवस्थापनको लागि नरेशकुमार श्रेष्ठ संयोजक रहेको समिति गठन गरिएको हो ।
त्यस्तै संघले प्रदान गर्ने आर्थिक पत्रकारिता पुरस्कार मुल्यांकनको लागि संघका सल्लाहकार तथा पूर्व अध्यक्ष निर्मलप्रसाद लाकौल र उत्कृष्ट उद्योगी व्यवसायी सम्मानको लागि सल्लाहकार तथा पूर्व अध्यक्ष सुरेन्द्रप्रसाद श्रेष्ठको संयोजकत्वमा समिति गठन गरिएको महासचिव भट्टराईले जानकारी गराए ।
ट्राफिक आईल्याण्ड पुनःनिर्माण गरिने
बैठकले बुटवल उद्योग वाणिज्य संघले स्वर्ण जयन्तीमा बुटवल बसपार्क अगाडि निर्माण गरिएको ट्राफिक आईल्याण्डलाई पुननिर्माण गर्ने निर्णय गरिएको छ । संघले २०६० सालमा स्वर्णजयन्ति मनाएको थियो । त्यस अवसरमा बुटवल बसपार्कबाट निस्किने र छेवैको बाटोको विचमा ट्राफिक आईल्याण्ड बनाएको थियो । अहिले यो ट्राफिक आईल्याण्ड जिर्ण भएको छ ।