२०८१ श्रावण १२

बुटवल उवासंघमा लेखा तालिम
  • लुम्बिनी खोज
  • २०८० श्रावण ३२, बिहीबार १२:३४ गते

बुटवल ३२ साउन ।
बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले बुटवलका दुग्ध व्यवसायीलाई लेखा व्यवस्थापन तथा कर सम्बन्धि तालिम प्रदान गरेको छ । बुटवल उद्योग वाणिज्य संघ अन्तरगत गठित डेरी बस्तुगत समितिको आयोजनामा समिति अन्तरगतका दुग्ध व्यवसायीलाई बिहिबार संघमा लेखा व्यवस्थापन तथा कर सम्बन्धि तालिम प्रदान गरिएको हो ।
तालिममा बोल्दै संघका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य उज्ज्वलप्रसाद कसजूले कतिपय व्यवसायीले लेखालाई व्यवस्थित रुपमा राख्न नजान्दा धेरै समस्या झेल्नु परेकोले त्यसको समाधानको लागि तालिम कार्यक्रम गरिएको बताए । संघका वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठले आवश्यकताको आधारमा यस्ता तालिम निरन्तर रुपमा सञ्चालन गरिरहने बताए ।
तालिममा आन्तरिक राजश्व कार्यालय बुटवलका कर अधिकृत नरेश पन्थी, संघका राजश्व परामर्शदाता सिए हरि लम्साल, सिए महेश घिमिरे र सिए प्रताप कर्माचार्यले यसका विषयमा जानकारी गराउँदै आवश्यक परेको समयमा तालिम तथा परामर्शको लागि आफूहरु तयार रहेको बताए ।
त्यस अवसरमा डेरी बस्तुगत समितिका सभापति गणेशसिंह भण्डारी सहित बस्तुगत समितिका सदस्यहरुले व्यवसायमा आईपर्ने समस्या र त्यसलाई कसरी सुधार गर्न सकिन्छ लगायतका जिज्ञासाहरु राखेका थिए । ती जिज्ञाशाको समेत प्रशिक्षकहरुले सहजिकरण गरेको कार्यक्रम संघका महासचिव विमलराज भट्टराईको सञ्चालनमा भएको थियो ।