२०८१ श्रावण १२

बुहारीलाई कुटपिट गर्ने पक्राउ
  • लुम्बिनी खोज
  • २०८० श्रावण ३२, बिहीबार १३:०६ गते

बर्दिया ३२ साउन ।
बर्दियामा सार्वजनिक स्थलमा बुहारी कुट्ने ससुरा पक्राउ परेका छन्। आज बिहान सार्वजनिक स्थलमै बुहारीलाई कुटेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो।

सोही आधारमा अनुसन्धान गर्दा घटना यथार्थ भएको थाहा पाएपछि नगरपालिका– ११ विजयनगरका ५३ वर्षीय भर्थरी चौधरीलाई प्रहरीले पक्राउ गरेको हो।

उनले बुहारी २६ वर्षीया प्रमिलालाई घरबाट कुट्दै सडकमा पुर्‍याएका थिए। बुहारीलाई हात र लात्तीले बेहोस हुने गरी कुटपिट गरेको भिडियो सार्वजनिक भएको थियो।

कुटपिट नगर भन्दै श्रीमतीलगायत स्थानीय महिलाले रोक्ने प्रयास गरे पनि मदिरा पिएका उनले अरू महिलामाथि पनि आक्रमणको प्रयास गरेका थिए।

प्रमिलाका श्रीमान् ताप्लेजुङमा मजदुरी गर्न गएका छन्। यसअघि पनि उनले मदिरा पिएर कुटपिट गर्ने गरेको प्रमिलाले बताइन्।