२०८१ श्रावण १२

धादिङ बस दुर्घटनामा ८ जनाको मृत्यु ,१७ घाइतेको उद्धार
  • लुम्बिनी खोज
  • २०८० भाद्र ६, बुधबार ०८:३४ गते

बुटवल, ६ भदौ ।

काठमाडौंबाट पोखरा जाँदै गरेको बस गजुरीनजिकै त्रिशूलीमा खस्दा आठजनाको मृत्यु भएको छ।

बुधबार बिहान काठमाडौंबाट पोखरा जाँदै गरेको  प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस अनियन्त्रित भई त्रिशूलीमा खसेको हो। बस सडकबाट करिब ४० मिटर तल नदीमा खसेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरीले जानकारी दिएको छ ।

घटनास्थलबाट प्रहरीले १७ जनाको उद्धार गरेको छ। जसमध्ये ४ जनाको धादिङकै राजमार्ग अस्पताल र १३ जनालाई थप उपचार गर्न काठमाडौं ल्याइएको छ। काठमाडौंबाट पोखरा हुँदै म्याग्दी सदरमुकाम बेनी जाँदै गरेको बुधबार बिहान दुर्घटनामा परेको थियो। बस दुर्घटनामा परेर ८ जनाको मृत्यु भएको उनले बताए। मृतकमध्ये २ जना महिला र ६ जना पुरूष छन्।

यात्रुवाहक बस दुर्घटनामा २३ जना यात्रु सवार रहेको पाइएको छ । बस बिहान ७ बजे काठमाडौंबाट छुटेको थियो