२०८१ श्रावण १२

नवीनमा डेंगु नियन्त्रण तथा सरसफाई सचेतना कार्यक्रम
  • लुम्बिनी खोज
  • २०८० भाद्र १५, शुक्रबार ११:०० गते
बुटवल,१५भदौ ।
नवीन औद्योगिक कदर बहादुर रीता मा.वि. देवीनगरमा शुक्रवार विद्यालय परिसर तथा सेवाक्षेत्र आसपासको क्षेत्रमा डेंगु नियन्त्रण तथा सरसफाई सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
बुटवल उपमहानगरपालिकाले विद्यालय समुदायमा सरसफाई, हरियाली व्यवस्थापन र उज्यालो बुटवल बनाउने नीतिलाई सार्थक पार्ने क्रममा व्यवस्थापन र शिक्षा समुहमा अध्ययनरत विद्यार्थीहरुको सकृयतामा डेंगु सचेतना तथा सरसफाई कार्यक्रम गरिएको हो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर बस्नेतले डेंगु रोगसंग सम्बन्धित महत्वपूर्ण अनुसन्धान भएका कुराहरु सहजीकरण गरेका थिए । प्रधानाध्यापक बस्नेतले लामखुट्टे कार्बनडाइअक्साइड प्रति आकर्षित हुने, मानिसको शरिरबाट निस्कने विशेष गन्धमा लामखुट्टे आकर्षित हुने लामखुट्टे अध्यारी र गाढा रङ्ग प्रति आकर्षित हुने गर्छ भने शरीरको तापक्रम बढी हुँदा पनि लामखुट्टे आकर्षित हुने र मापसे अन्तरगत वियर सेवन गरेमा र रगत समूह अन्यको तुलनामा समूह ‘O’ समूह भएकालाई बढी टोक्ने गरेको अनुसन्धानबाट प्राप्त भएको र गर्भवती महिलाहरु प्रति पनि लामखुट्टे आकर्षित हुने  बताएका थिए ।
उनले डेंगु रोगबाट बच्नको लागि पुरानो खाली टायर, डब्बा, सफापानी जम्ने खाडल, फूलदानीहरुमा भएको सफा पानीमा विशेष ध्यान दिनु पर्ने र प्राय वेलुकीको समयमा फुल सर्टहरु, पाइन्टहरु लगाउनु पर्ने र लामखुट्टे फैलने ठाउँ पहिचान गर्ने, लाभा खोजेर नष्ट गर्ने अभियान संचालन गर्न विद्यार्थीहरुमा सहजीकरण गरेका थिए ।
व्यवस्थापन समुहका शिक्षक केशव भण्डारी र जुनियर इन्जिनियर विशाल रावतले उक्त जनचेतनामुलक सरसफाई कार्यक्रमको सहजीकरण गरेका थिए ।