२०८१ श्रावण १२

लुम्बिनीका लागि ३९ हजार डोज खोप
  • लुम्बिनी खोज
  • २०७७ माघ १२, सोमबार ०६:४१ गते

बुटवलकोभिड–१९ विरुद्धको खोप लुम्बिनी प्रदेशका लागि ३९ हजार ४ सय ९५ डोज आएको छ । स्वास्थ्यमन्त्रालयमार्फत प्रदेशमा आएको खोपको प्रदेशका सबै जिल्लामा वितरणको तयारी गरिएको छ ।

सरकारले माघ १४ गतेबाट खोप लगाउन निर्देशन दिएका कारण खोप लगाउने नागरिकहरूको विवरण संकलनको काम भैरहेको लुम्बिनी प्रदेशको समाजिक विकास मन्त्रालयका प्रवक्ता पुष्पराज पौडेलले बताए ।

उनकाअनुसार प्रदेशका १२ जिल्ला तथा एक सय ९ स्थानीय तहमै खोज पुर्याउनका लागि आवश्यक तयारी गरिएको छ । पहिलो चरणमा ‘फ्रन्टलाइनर हेल्थ वर्कर’ तथा जेष्ठ नागरिकहरूलाई प्राथमिकतामा राखिएको छ । खोपका विषयमा केन्द्रीय सर्कुर अनुसारको मापदण्डकै आधारमा खोप लगाइने प्रवक्ता पौडेलले बताए । उनले भने, ‘सबै स्थानीय तह र जिल्लाबाट विवरण संकलन गर्ने काम अन्तिम चरणमा रहेको छ, त्यसका आधारमा जिल्ला जिल्लामा खोप पढाइने छ ।

खोप कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि समाजिक विकास मन्त्रालयले सरोकारपक्षसंग छलफल गरेको छ । मन्त्रालयमा भएको छलफलमा यसको संवेदनशिलता र मापदण्डलाई पालना गर्न समाजिक विकास मन्त्री शुर्दसन बरालले निर्देशन दिएका छन् ।

उनले प्रदेशमा आएको खोपको पूर्णउपयोग गर्नका लागि कर्मचारीहरूलाई आवश्यक तालिम संचालन गर्ने एवं खोपको भण्डारणका लागि ध्यान दिनु पर्ने बताएका छन् । उक्त खोप भण्डारणका लागि बुटवलमा रहेको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा राखिने छ । त्यसपछि जिल्ला जिल्लामा रहेका भण्डारण केन्द्रहरूमार्फत जनतासम्म पुर्याउने तयारी भएको छ ।

भारत सरकारले पहिलो चरणमा दिएको खोप सातै प्रदेशमा जनसंख्याका आधारमा वितरण गरिएको छ । खोप लगाउने नागरिकहरूको नामावली संकलनका लागि कर्मचारीहरू परिचालन गरिएको छ । तरकतिपयले सुरुमा खोप लगाउन आनाकानीसमेत गर्ने गरेको नामावली संकलनमा सहभाग कर्मचारीहरूले बताए ।