२०८१ श्रावण १२

मधेश प्रदेश सांसद यादवको निधन
  • लुम्बिनी खोज
  • २०८० भाद्र २६, मंगलवार ०६:२८ गते

बुटवल २६ भदौ ।

जनता समाजवादी पार्टी (जसपा) मधेश प्रदेश सांसद विन्दुकुमारी यादवको निधन भएको छ।
लामो समयदेखि मुखको क्यान्सरबाट पीडित यादवको आज बिहान जनकपुरस्थित मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो।
४१ वर्षीया समानुपातिक सांसद यादवलामो समय दिल्लीमा उपचार गराई फर्केकी थिइन्। तर, उपचार सम्भव नभएपछि उनलाई जनकपुर ल्याएको परिवारजनले जनाएको छ।
स्थायी घर सर्लाही भएकी यादव लामो समयदेखि जनकपुरमा–८ मा बस्दै आएकी थिइन्।