२०८१ कार्तिक ६

दाङमा खुकुरी प्रहारबाट एक महिलाको मृत्यु
  • लुम्बिनी खोज
  • २०८० आश्विन ६, शनिबार ११:४१ गते

दाङ ६ असोज ।
दाङको तुलसीपुरमा खुकुरी प्रहारबाट एक जनाको मृत्यु भएको छ । अन्य दुईजना घाइते भएका छन् । खुकुरी प्रहारबाट करिब ४३ वर्षीया रिता लामिछानेको मृत्यु भएको छ।

शनिबार दिउँसो साढे २ बजेतिर तुलसीपुर– ११ बेलटाकुराको भगवती टोलका करिव ३९ वर्षीय टेकबहादुर हमालले सोही ठाउँका तीनजनामाथि छुट्टाछुट्टै ठाउँमा खुकुरी प्रहार गरेका हुन्।

इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार टेकबहादुरले रितालाई उनकै घर अगाडि घाँटीमा प्रहार गरी हत्या गरेका हुन्।

टेकबहादुरले सोही ठाउँका अन्दाजी ४५ वर्षीय वीरबहादुर हमाल र ६५ वर्षीया कमलाकुमारी हमालमाथि पनि खुकुरी प्रहार गरेका छन्। खुकुरी प्रहारबाट वीरबहादुरको दाहिने हातमा चोट लागेको छ।

खुकुरी प्रहार गर्ने टेकबहादुरलाई प्रहरीले पक्राउ गरेको छ। घरभित्र लुकिछिपि बसेको अबस्थामा उनलाई खुकुरीसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।