२०८१ श्रावण १२

राउटेलाई लुम्बिनी प्रदेश सरकारद्वारा दसैँखर्च प्रदान
  • लुम्बिनी खोज
  • २०८० आश्विन ९, मंगलवार ११:०६ गते

दाङ । लुम्बिनी प्रदेश सरकार अर्थ मन्त्रालयले राउटे समुदायलाई दशैँ खर्च उपलब्ध गराएको छ । मङ्गलबार दशैँ खर्च माग गर्दै मन्त्रालय पुगेका राउटेलाई दशैँ खर्च उपलब्ध गराइएको हो ।
अर्थमन्त्री धनबहादुर मास्कीले दसैँखर्चबापत २५ हजार रुपैयाँ उपलब्ध गराएका हुन्। सुर्खेतबाट आएका राउटेका मुखिया बिर्खबहादुर शाही, लालबहादुर शाही र जीवन शाहीलाई सो रकम हस्तान्तरण गरिएको हो।
रकम हस्तान्तरण गर्दै मन्त्री मास्कीले रकमलाई सही सदुपयोग गर्न अनुरोध गरेका थिए। उक्त रकम पाएपछि उनीहरू खुसी भएका थिए।

राउटेहरूले प्रत्येक वर्ष तिज, दसैँ तथा तिहारमा सरकारसँग खर्च माग गर्ने गरेका छन्। केही वर्षदेखि उनीहरू दाङ तथा आसपासका सरकारी कार्यालयमा गएर दसैँखर्च माग्दै आएका छन्।