२०८१ श्रावण १२

बझाङ केन्द्रबिन्दु भएर ६.३ म्याग्निट्यूडको भूकम्प
  • लुम्बिनी खोज
  • २०८० आश्विन १६, मंगलवार १०:२६ गते

बुटवल १६ असोज ।
खानी तथा भूगर्भ विभागले बझाङको चैनपुर केन्द्रबिन्दु भएर ६.३ म्याग्निट्यूडको भूकम्प गएको जनाएको छ।
अपराह्न ३ बजेर ६ मिनेट जाँदा गएको भूकम्पको धक्का बझाङ आसपासका जिल्लाहरू सहित भारतीय राजधानी नयाँ दिल्लीसम्म महसुस भएको बताइएको छ। त्यसअघि आज दिउसो २ बजेर ४० मिनेटमा ५.३ म्याग्निच्युडको भूकम्प गएको थियो । आधा घण्टाको वीचमा गएको भुकम्पले गराएको क्षतीबारे बिवरण संकलन भइरहेको बताइएको छ ।