२०८१ श्रावण १२

कैद मिनाहाविरुद्ध भारतीले सुरु गरिन् अनशन
  • लुम्बिनी खोज
  • २०८० आश्विन १७, बुधबार ०७:१३ गते

काठमाण्डौं १७ असोज ।
योगराज ढकाल ‘रिगल’लाई कैद मिनाहा गरेर रिहा गरेको निर्णयविरुद्ध भारती मानन्धरले अनशन शुरु गरेकी छिन् ।
श्रीमान् चेतन मानन्धरको हत्या गर्ने योगराज ढकाल ‘रिगल’लाई सरकारले दिएको कैद माफी मिनाहाविरुद्ध उनले अनशन थालेकी हुन्।

माइतीघर मण्डलामा बुधबार बिहानदेखि अनशन सुरु गरेकी भारतीले न्याय नपाएसम्म अनशन जारी राख्ने बताएकी छिन्। मंगलबार उनले ‘रिगल’को कैद सजाय मिनाहा गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिटसमेत दायर गरेकी थिइन्।

भारतीले रिगलको कैद सजाय मिनाहा गर्ने राष्ट्रपतिको निर्णय बदर हुनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेकी छिन्।
सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले ‘रिगल’को कैद सजाय मिनाहा गरिदिएका थिए। रिगलविरुद्ध २८ असार ०७२ मा नेपालगन्जको धम्बोजी चोकमा चेतनमाथि खुँडा प्रहार गरी हत्या गरेको अभियोग थियो।