२०८१ श्रावण १२

एमाले प्रदेशका नेता माओवादीमा प्रवेश
  • लुम्बिनी खोज
  • २०८० आश्विन १८, बिहीबार १०:५४ गते

कपिलवस्तु १८ असोज ।
नेकपा (एमाले)का लुम्बिनी प्रदेश सचिवालय सदस्य शान्तिदेवी हरिजनसहितका नेता तथा कार्यकर्ता नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् । प्रधानमन्त्रीनिवास बालुवाटारमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरी उनीहरू एमाले परित्याग गरी माओवादी केन्द्र प्रवेश गरेका हुन् ।

माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डले एमाले लुम्बिनी सचिवालय सदस्य हरिजन, लुम्बिनी प्रदेश सदस्य रामविलास यादव, कपिलवस्तु जिल्ला सदस्य सन्दीप मौरिया, अधिकारकर्मी एवं प्राध्यापक सञ्जयकुमार पासीलगायत नेता तथा कार्यकर्तालाई पार्टीमा स्वागत गरे ।
हरिजन ०७० सालको संविधानसभा सदस्य र यादव एमालेनिकट किसान महासंघका केन्द्रीय सदस्य छन् ।